चलचित्र ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शन हुँदै

चलचित्र ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शन हुँदै : Icon Khabar

काठमाडौं, माघ ८ । यहि माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक समारोहमा फिल्ममा आवद्ध कलाकारहरुले फिल्ममा आफ्नो भूमिका बारेमा जानकारी गराएका छन् ।

फिल्ममा अभिनेता पल शाहकी आमाको भूमिकामा प्रस्तुत भएकी अभिनेत्री विपना थापाले यो फिल्मबाट अझ धेरै कुरा सिक्ने मौका पाएको बताएकी छिन् । ‘आ बाट आमा माघ १६ गतेदेखि प्रदर्शन हुँदैछ । हेरेर प्रतिक्रिया दिनुहोस् । कस्तो चलचित्र बनेको छ म भन्दिन आज । यो जिम्मेवारी मेरो दर्शकको हो । यो चलचित्रबाट मैले अझ धेरै कुरा सिक्ने मौका पाएकी छु,’ अभिनेत्री थापाको भनाइ छ ।

कार्यक्रममा बोल्दै अभिनेता पल शाहले यो फिल्म दर्शकहरुलाई मन पर्नेमा आफू विश्वस्त रहेको बताए । उनले यो फिल्ममा राम्रो भूमिका दिएकोमा निर्माण टिमलाई समेत धन्यवाद दिएका छन् । ‘ट्रेलरबाट म अहिले पनि बाहिर निस्कन सकेको छैन । एकदमै भावुक भइरहेको छु । दर्शकहरुलाई पनि मन पर्छ भन्ने विश्वास छ त्यही भन्न चाहन्छु । कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला । यति राम्रो भूमिकाको लागि मलाई विश्वास गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु,’ अभिनेता शाहले भनेका छन् ।

फिल्मका कलाकार साइग्रेस पोखरेलले पहिलोपटक यो फिल्ममार्फत अभिनयमा उत्रिन पाउनु नै भाग्यको कुरा भएको बताएका छन् । उनले घर नभएको आमा होस् तर आमा नभएको घर नहोस् भन्ने भनाई नै यो फिल्ममा देखाउन खोजेको भन्दै आमा शब्द धेरै नै भारी भएको बताए । उनले भने– ‘एउटा भनाई छ, बरु घर नभएको आमा होस् तर आमा नभएको घर नहोस् भन्ने । त्यसैले आमा शब्द कति भारी छ । म पहिलोपटक यस चलचित्रमा अभिनयमा उत्रिन पाउनु भाग्यको कुरा हो । आमा, भगवान श्रीकृष्ण र भगवान श्रीराम यो तीन वटा कुराले यो अभिनयमा मैले आफूलाई स्वीकार गरेँ ।’

चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ मा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपाली लगायतको मुख्य भूमिका रहेको छ ।

Published Date: 22 January 2026
ताजा
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय