भक्तपुरमा १५५ माथिको अस्वस्थकर वायुप्रदूषण, स्वास्थ्य जोखिम उच्च

भक्तपुरमा १५५ माथिको अस्वस्थकर वायुप्रदूषण, स्वास्थ्य जोखिम उच्च : Icon Khabar

काठमाडौँ, माघ ८ । प्रदूषित सुक्खा चिसो छिचोल्दै नेपालमा पानी पार्ने बादल भित्रिने तर्खर गरेको छ । सुक्खा खडेरी र वायुप्रदूषणले यतिखेर नेपाल ग्रस्त रहेका बेला वर्षा हुने बादल नेपाल आउन थालेको हो । मौसमविद् डेविड ढकालले भने, “शुक्रबारदेखि बलियो प्रणाली नेपाल आउन लागेको हो, त्यसले पश्चिमका अधिकांश भूभागमा वर्षा गराउने सम्भावना छ भने अन्यत्रको अवस्था हामी विश्लेषण गर्दै छौँ ।”

उनका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसम्म उक्त प्रणालीले छुने सम्भावना छ । हिउँद याम घर्कंदै गर्दा आउन थालेको वर्षा प्रणालीले सबैतिर वर्षा नगराउने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार हालसम्म कायम रहेको सुक्खा अवस्थालाई केही हदसम्म भए पनि यस प्रणालीले कम गर्ने सम्भावना छ ।

सुक्खा बढेसँगै नेपालमा वायुप्रदूषण र तुवाँलो लाग्ने क्रम बढेको छ । वर्षा नभएपछि आकासिएका धुलोका कण वायुमण्डलमै रहेका कारण बिहान बेलुका तुवाँलो लाग्ने गरेको छ । दिउँसो पनि घामको किरण छेक्दै वातातवरण धुमिल हुने क्रम जारी छ ।

वायुप्रदूषणको दर उस्तै

हिउँद याम लागेसँगै देशका विभिन्न भागमा वायुप्रदूषणको स्तर उस्तै छ । हिउँद यामसँगै बढ्दो वायुप्रदूषण उच्चस्तरमा रहेको वातावरण विभागले जनाएको छ । विभागका अनुसार विशेष गरी काठमाडौँ, पोखरालगायत देशका ठुला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा हावामा २.५ पिएमक्युमुनिका धुलोका कणसहितको प्रदूषण बढेको छ । विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार चिसोका कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने तथा विगत लामो समयदेखि वर्षा नभएका कारण पनि वायुप्रदूषण उच्च बनेको हो ।

गत २४ घण्टामा रत्नपार्क स्टेसनले वायुप्रदूषणको १६१ सूचक देखाएको छ । त्यस्तै पूर्वको इलाममा पनि सोही स्तरको प्रदूषण रेकर्ड भएको छ । भक्तपुर, दाङमा पनि १५५ माथिको अस्वस्थकर वायुप्रदूषण रहेको छ । सुर्खेत, खुमलटार, शङ्खपार्कलगायतका स्थानको वायु पनि अस्वस्थकरतर्फ लक्षित रहेको अनुगमन प्रणालीले देखाएको छ । वायुप्रदूषणको राप हिमालसम्म पुगेको छ । जस अनुसार मुस्ताङ र अछामसम्म वायुप्रदूषण पुगेको छ ।

Published Date: 22 January 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय