सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ पुग्यो

सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ पुग्यो : Icon Khabar

काठमाडौँ, माघ ६ । स्थानिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा २७ सय रुपैयाँले बढ्दै सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि माघ ५ गते सुनको भाउले रेकर्ड कायम गरेको थियो । उक्त दिन सुनको मूल्य ४२ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य ७० रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी आज प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार हुँदैछ ।

Published Date: 20 January 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड