सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ पुग्यो

सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ पुग्यो : Icon Khabar

काठमाडौँ, माघ ६ । स्थानिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा २७ सय रुपैयाँले बढ्दै सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि माघ ५ गते सुनको भाउले रेकर्ड कायम गरेको थियो । उक्त दिन सुनको मूल्य ४२ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य ७० रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी आज प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार हुँदैछ ।

Published Date: 20 January 2026


ताजा
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?