सामाजिक सुरक्षा कोषमा एक वर्ष योगदान गरेपछि नै विशेष सापटी लिन सकिने

सामाजिक सुरक्षा कोषमा एक वर्ष योगदान गरेपछि नै विशेष सापटी लिन सकिने : Icon Khabar

काठमाडौँ, माघ ६ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित विशेष सापटीसम्बन्धी नीतिमा महत्वपूर्ण सुधार गरेको छ। कोषले योगदानकर्ता सापटी निर्देशिकाको पहिलो संशोधनमार्फत नियमित एक वर्ष योगदान गरेपछि नै विशेष सापटी लिन सकिने व्यवस्था लागू गरेको छ।

नयाँ व्यवस्थाअनुसार योगदानकर्ताले न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम आफ्नो अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन सक्नेछन्। कोषले विशेष सापटीको ब्याजदर ५.२ प्रतिशत कायम गरेको छ ।

यसअघि यस्तो सापटी लिन ३६ महिना (तीन वर्ष) नियमित योगदान अनिवार्य थियो। लामो समय कुर्नुपर्ने बाध्यताका कारण धेरै योगदानकर्ताले सापटी सुविधा उपयोग गर्न नसकेको भन्दै कोषमा गुनासो बढ्दै गएपछि समयावधि घटाइएको कोषको भनाइ छ।

नयाँ संशोधनले अन्य सापटी योजनामा पनि सहजता थपेको छ। नयाँ संशोधनले विशेष सापटी १२ महिना (एक वर्ष), घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी १८ महिना (डेढ वर्ष) नियमित योगदान गरेपछि लिन सकिने व्यवस्था गरेको छ ।

Published Date: 20 January 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय