सामाजिक सुरक्षा कोषमा एक वर्ष योगदान गरेपछि नै विशेष सापटी लिन सकिने

सामाजिक सुरक्षा कोषमा एक वर्ष योगदान गरेपछि नै विशेष सापटी लिन सकिने : Icon Khabar

काठमाडौँ, माघ ६ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित विशेष सापटीसम्बन्धी नीतिमा महत्वपूर्ण सुधार गरेको छ। कोषले योगदानकर्ता सापटी निर्देशिकाको पहिलो संशोधनमार्फत नियमित एक वर्ष योगदान गरेपछि नै विशेष सापटी लिन सकिने व्यवस्था लागू गरेको छ।

नयाँ व्यवस्थाअनुसार योगदानकर्ताले न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम आफ्नो अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन सक्नेछन्। कोषले विशेष सापटीको ब्याजदर ५.२ प्रतिशत कायम गरेको छ ।

यसअघि यस्तो सापटी लिन ३६ महिना (तीन वर्ष) नियमित योगदान अनिवार्य थियो। लामो समय कुर्नुपर्ने बाध्यताका कारण धेरै योगदानकर्ताले सापटी सुविधा उपयोग गर्न नसकेको भन्दै कोषमा गुनासो बढ्दै गएपछि समयावधि घटाइएको कोषको भनाइ छ।

नयाँ संशोधनले अन्य सापटी योजनामा पनि सहजता थपेको छ। नयाँ संशोधनले विशेष सापटी १२ महिना (एक वर्ष), घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी १८ महिना (डेढ वर्ष) नियमित योगदान गरेपछि लिन सकिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 January 2026
Website | + posts