काठमाडौं, माघ २ । आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार प्रसार नगर्न निर्देशन दिएको छ।
परिषद्ले एक सूचना जारी गर्दै आयुर्वेदसँग सम्बन्धित कुनै पनि भ्रामक वा अतिरञ्जित विज्ञान तथा प्रचार प्रसार नगर्न र नगराउन निर्देशन दिएको हो। परिषद्मा दर्ता भएका वा नभएका कुनै पनि व्यक्ति वा संस्थाले यस्तो कार्य गरेको पाइएमा प्रचलित ऐन, नियम बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।
आयुर्वेदसँग सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मी, विज्ञ, विशेषज्ञ वा संस्थाको नाम जोडेर औषधि उपचार तथा चिकित्सा सेवा लगायतका पक्षमा सामाजिक सञ्जाल मार्फत जनमानसमा भ्रम सिर्जना गर्ने कुनै पनि सूचनाका सामग्रीहरु प्रचार प्रसार नगर्न पनि परिषद्ले भनेको छ।
Published Date: 16 January 2026-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1