आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार प्रसार नगर्न निर्देशन

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार प्रसार नगर्न निर्देशन : Icon Khabar

काठमाडौं, माघ २ । आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार प्रसार नगर्न निर्देशन दिएको छ।

परिषद्ले एक सूचना जारी गर्दै आयुर्वेदसँग सम्बन्धित कुनै पनि भ्रामक वा अतिरञ्जित विज्ञान तथा प्रचार प्रसार नगर्न र नगराउन निर्देशन दिएको हो। परिषद्मा दर्ता भएका वा नभएका कुनै पनि व्यक्ति वा संस्थाले यस्तो कार्य गरेको पाइएमा प्रचलित ऐन, नियम बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

आयुर्वेदसँग सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मी, विज्ञ, विशेषज्ञ वा संस्थाको नाम जोडेर औषधि उपचार तथा चिकित्सा सेवा लगायतका पक्षमा सामाजिक सञ्जाल मार्फत जनमानसमा भ्रम सिर्जना गर्ने कुनै पनि सूचनाका सामग्रीहरु प्रचार प्रसार नगर्न पनि परिषद्ले भनेको छ।

Published Date: 16 January 2026


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी