काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा : Icon Khabar

काठमाडौं, माघ २ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले शुक्रवार आफ्नो पदबाट राजीनामा दिएका छन् । पाण्डेले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसमक्ष राजीनामा बुझाएका हुन् ।

पाण्डे आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ । उनले यसअघि नै महानगर प्रमुख बालेन साह (बालेन) ले राजीनामा दिनुअघि आफूले पद छाड्ने तयारीमा रहेको सार्वजनिक रूपमा बताउँदै आएका थिए ।

यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेनले पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा झापाबाट उम्मेदवारी दिने तयारीमा रहेको चर्चा छ । उनले पनि केही दिनमै मेयरको पदबाट राजीनामा दिन लागेको चर्चा छ ।

Published Date: 16 January 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड