भक्तपुर, भदौ २२ । जिल्ला प्रहरी परिसर भक्तपुरले फैसला कार्यान्वयनतर्फ फरार रहेका एक जनालाई पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा बुझाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०८३ साल भदौ २२ गते प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले सम्मानित जिल्ला अदालत भक्तपुरबाट विभिन्न मुद्दामा फैसला भई फैसला कार्यान्वयनका क्रममा फरार रहेका एक जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिमाथि चेक अनादर मुद्दामा अदालतबाट रु. २ हजार जरिवाना हुने फैसला भएको थियो। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा बुझाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरले अदालतबाट फैसला भइसकेका मुद्दामा फरार रहेका व्यक्तिहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।
Published Date: 07 September 2026