अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान

अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान : Icon Khabar

भक्तपुर, पुस १७  । एसियन पावर लिफ्टिङ च्याम्पियनसिप तथा विश्व पावर लिफ्टिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण तथा रजत पदक हासिल गर्न सफल भक्तपुरका खेलाडीहरू विकिन जोशी, निमेश छुकां, समन मधिकर्मी, किरण सुवाल, दिपेश सैंजु र ओजशचरण जोशीलाई भक्तपुर नगरपालिकाले सम्मान गरेको छ।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले खेलाडीहरूलाई खादा र भादगाउँले टोपी लगाइ सम्मान गरे। सो अवसरमा उनले खेलकुद क्षेत्रमार्फत भक्तपुरले अलग पहिचान बनाउँदै आएको बताए।

त्यसै क्रममा वडा नं. ४ का वडाध्यक्ष तथा खेलकुद समितिका सदस्य उपेन्द्र सुवालले खेलाडीहरूको मेहनत र निरन्तर अभ्यासले सफलता प्राप्त हुने बताए। खेलाडीको सफलतामा अभिभावकको भूमिका पनि महत्वपूर्ण रहेको उनको भनाइ थियो।

कार्यक्रमको अन्त्यमा खेलाडीहरूलाई भक्तपुर नगरपालिकाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गरिएको थियो।

Published Date: 01 January 2026


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली