भक्तपुर, पुस १७ । एसियन पावर लिफ्टिङ च्याम्पियनसिप तथा विश्व पावर लिफ्टिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण तथा रजत पदक हासिल गर्न सफल भक्तपुरका खेलाडीहरू विकिन जोशी, निमेश छुकां, समन मधिकर्मी, किरण सुवाल, दिपेश सैंजु र ओजशचरण जोशीलाई भक्तपुर नगरपालिकाले सम्मान गरेको छ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले खेलाडीहरूलाई खादा र भादगाउँले टोपी लगाइ सम्मान गरे। सो अवसरमा उनले खेलकुद क्षेत्रमार्फत भक्तपुरले अलग पहिचान बनाउँदै आएको बताए।
त्यसै क्रममा वडा नं. ४ का वडाध्यक्ष तथा खेलकुद समितिका सदस्य उपेन्द्र सुवालले खेलाडीहरूको मेहनत र निरन्तर अभ्यासले सफलता प्राप्त हुने बताए। खेलाडीको सफलतामा अभिभावकको भूमिका पनि महत्वपूर्ण रहेको उनको भनाइ थियो।
कार्यक्रमको अन्त्यमा खेलाडीहरूलाई भक्तपुर नगरपालिकाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गरिएको थियो।
Published Date: 01 January 2026-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news