भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित

भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित : Icon Khabar

भक्तपुर, पुस १७  । सूर्यविनायक चोकदेखि धुलिखेलसम्म अरनिको राजमार्ग फराकिलो बनाउने काम तीव्र गतिमा अघि बढिरहेको छ । यसै क्रममा राजमार्गमा पर्ने विभिन्न चोकहरू पुनःसंरचना तथा हटाउने सरकारी तयारीप्रति स्थानीय बासिन्दाहरूले आपत्ति जनाएका छन् ।

सूर्यविनायक चोक नजिकै अवस्थित भुलाँचा चोक हटाउने सम्भावित निर्णयविरुद्ध स्थानीयवासी आन्दोलित बनेका हुन् । भुलाँचा चोकबाट लुठाबु, भक्तपुर नगर क्षेत्र तथा आसपासका बस्तीहरूमा आवत–जावत गर्न सहज हुँदै आएको स्थानीयको भनाइ छ । उक्त चोक हटाइएमा पैदलयात्री, विद्यार्थी, वृद्धवृद्धा तथा दैनिक यात्रुहरूलाई ठूलो असुविधा हुने उनीहरूको गुनासो छ ।

राजमार्ग विस्तारको नाममा स्थानीय आवश्यकतालाई बेवास्ता गर्न नहुने भन्दै स्थानीयवासीहरूले चोक यथावत् राख्न माग गरेका छन् । सो मागलाई सार्वजनिक गर्न उनीहरूले चोक आसपास चेतावनीमूलक पोस्टर टाँस्नुका साथै विरोध प्रदर्शनसमेत सुरु गरेका छन् ।

स्थानीयको भनाइमा भुलाँचा चोक केवल सडक पार गर्ने स्थान मात्र नभई सामाजिक, सांस्कृतिक र दैनिक जीवनसँग जोडिएको महत्वपूर्ण केन्द्र हो । “हाम्रो सुरक्षाको सुनिश्चितता नगरी चोक हटाउनु जनविरोधी निर्णय हुनेछ,” एक स्थानीयले बताए ।

यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै स्थानीयहरूले सुरक्षित क्रसिङ, ट्राफिक व्यवस्थापन र स्थानीयको आवश्यकतालाई मध्यनजर गरी निर्णय लिन माग गरेका छन् । समयमै समस्या समाधान नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिइएको छ ।

Published Date: 01 January 2026


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर