जाडोमा बढ्छ मुटु रोगको जोखिम

जाडोमा बढ्छ मुटु रोगको जोखिम : Icon Khabar

काठमाडौँ, पुस १५ । जाडोको समयमा रगतका नली खुम्चिने, खानपिनमा लापरबाही हुने र व्यायाम नगर्ने भएकाले मुटु तथा हाई ब्लड प्रेसर (उच्च रक्तचाप) को समस्या बढ्छ।

चिसोमा खाना, खानासँगै नुन र बोसो धेरै खाइन्छ। व्यायाम पनि कम हुन्छ। फेरि धेरै जाडो र धेरै गर्मीमा व्यायाम गर्दा शरीरले थेग्न नसक्ने भएकाले मुटुको समस्यासँगै स्ट्रोकको खतरा हुन्छ।

कतिलाई यस्तो लाग्छ, जाडोमा रक्तचाप (प्रेसर) घट्छ र गर्मीमा बढ्छ। तर यो ठीक उल्टो हुन्छ। जाडोमा रगतका नली खुम्चिने भएकाले प्रेसर बढ्छ र गर्दा मुटुको समस्या हुन सक्छ।

नुन धेरै खाने तर व्यायाम कम गर्ने भएपछि शरीरमा भएको नुन पसिनाबाट बग्दैन। जाडो छ भनेर मासु र रक्सी बढी खाँदा पनि समस्या बढ्छ।

रक्सीले गर्ने हानि त छँदैछ। योसँगै अरू धेरै खानेकुरा खाँदा धेरै क्यालोरी थपिन्छ। जति धेरै परिकार, उति धेरै नुन खाइन्छ। यसले गर्दा जाडोमा हृदयघात, स्ट्रोक अनि प्यारालाइसिस धेरै हुन्छ।

खानपिनमा सतर्कता अपनाउनुपर्छ। जाडो भयो भनेर रक्सी, चुरोट, हुक्का खान हुँदैन। रातो मासु र बोसो भएको मासुले शरीरलाई फाइदा गर्दैन भन्ने पनि ख्याल गर्न जरूरी छ। माछा र सेतो मासु शरीरका लागि फाइदाजनक हुन्छ।

यस्ता समस्याबाट जोगिने सबभन्दा महत्वपूर्ण कुरा स्वस्थ खानपिन र रहनसहन हो। जाडोमा न्यानो भएर बस्नुपर्छ। यो सबैले बुझेका छन् र सबैजसोले गरेका पनि हुन्छन्।

तर धेरैले ख्याल नगर्ने के हो भने, बिहान हिँड्ने भन्दैमा अत्यधिक जाडो बढेको बेला समेत आफ्ना गतिविधि जारी राख्छन्। धेरै जाडो भएका बेला बिहानभन्दा साँझ हिँड्न सकिन्छ। त्यो भनेको घाम डुबिसकेपछि हो। धेरै राति पनि हिँड्नु हुँदैन।

बिहान उठेपछि शरीर सन्तुलनमा ल्याएर हिँड्दा राम्रो हुन्छ। हस्याङफस्याङ गर्दै हिँड्नु धेरै खतरनाक हुन्छ।

शरीरलाई सन्तुलनमा ल्याउने सँगै बाहिरको तापक्रमलाई पनि ख्याल राख्न जरूरी छ। मुटुको जोखिम भएकाहरूलाई यस्तो समयमा हृदयाघात हुने सम्भावना धेरै हुन्छ।

त्यसैले सकिन्छ भने जाडोमा घरमै आफ्नै तरिकाले व्यायाम गर्दा हुन्छ।

Published Date: 30 December 2025
ताजा
एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोको यात्रा समाप्त
मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय