पर्यटक र सर्वसाधारणलाई हैरानी दिएको आरोपमा १२ जना पक्राउ

पर्यटक र सर्वसाधारणलाई हैरानी दिएको आरोपमा १२ जना पक्राउ : Icon Khabar

काठमाडौं, पुस १५ । पर्यटक र सर्वसाधारणलाई हैरानी दिएको आरोपमा १२ जना पक्राउ परेका छन् ।

चाबहिल, गौशाला तथा तिलगंगा इलाकामा पर्यटक तथा अन्य सर्वसाधारण मानिसहरूलाई बलजफती तरिकाले विभिन्न प्रलोभनमा पारी लुटपाट गर्ने, दु:ख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नुवाकोटका अमृत खड्का, पर्साका अकलेश साह, पर्साकै दिनेश पटेल, काभ्रेका सुजन तामाङ, रोल्पाका प्रवीण ओली, काभ्रेका रोजन तामाङ, कन्चनपुरका जितेन्द्र सिंह विक, धनकुटाका रोशनी राई, झापाका तिर्थ राजवंशी, उदयपुरकी रचना मगर, सुर्खेतकी जेनिशा थापा र झापाकी संगिता तामाङ छन् ।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्रको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

Published Date: 30 December 2025


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली