अमेरिकाबाट थप ७५ जना नेपाली डिपोर्ट

अमेरिकाबाट थप ७५ जना नेपाली डिपोर्ट : Icon Khabar

काठमाडौं, पुस ०४ । अमेरिकाबाट थप ७५ जना नेपाली डिपोर्ट भएका छन् ।

गैरकानुनी रूपमा अमेरिकामा बसेर त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकी अध्यागमनले एकैपटक ७५ जना नेपालीलाई डिपोर्ट गरेको हो । उनीहरू ओमनी इन्टरनेशन एयरको विमानबाट काठमाडौं उत्रिएका हुन्।

निष्काशन गर्ने तयारी भएपछि अमेरिकी अध्यागमनले वासिङटन डीसीस्थित नेपाली दूतावासलाई उनीहरूको बारेमा पत्राचार गरेको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अमेरिकाको आप्रवासनसम्बन्धी नीतिमा आएको बदलावले ३०० बढी नेपाली यसअघि नै डिपोर्ट भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 December 2025
Website | + posts