रवि लामिछाने आज रिहा हुँदै

रवि लामिछाने आज रिहा हुँदै : Icon Khabar

काठमाडौं, पुस ०४ । सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्थात् आज रिहा हुँदै छन्।

अदालती प्रक्रिया पूरा गर्न बिहीबार सम्भव नभएकाले उनी आज रिहा हुन लागेका हुन्। उच्च अदालत, तुलसीपुरको भैरहवा अदालतले उनलाई जमानतमा रिहा गर्न भनेको थियो। जसअनुसार जिल्ला अदाललते उहाँको धरौटी स्वीकार गर्नुपर्ने हुन्छ।

त्यसका लागि लामिछाने जिल्ला अदालत, रूपन्देही जानुपर्ने भएकाले आज मात्र छुट्न लागेका हुन्। जिल्ला अदालत, रूपन्देहीले बिहीबार नै लामिछानेलाई उपस्थित गराउन नक्खु कारागारलाई पत्राचार गरिसकेको छ।

लामिछाने थुनामुक्त हुन भने केही प्रक्रिया पूरा हुनुपर्छ। पहिलो, उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रूपन्देहीमा पुग्नुपर्छ। उक्त आदेश शुक्रबार मात्रै जिल्ला अदालतमा पुग्नेछ।

दोस्रो, आदेशपछि जिल्ला अदालतले रवि लामिछानेले बुझाउने भनेको बिगो बापतको दामासाहीको रकम र धरौटीको बैंक ग्यारेण्टीको रुजु गर्नेछ । त्यसपछि जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई झिकाउन कारागार प्रशासनमा चिठी लेख्नेछ।

तेस्रो, चिठी पाएपछि कारागार प्रशासनले रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीमा बुझाउनेछ। बिहीबारको आदेशअनुसार, त्यहाँ उपस्थित भएर उहाँले पछि फैसलामा ठहरेबमोजिम बिगो र जरिवाना बुझाउन मञ्जुर छु भन्ने व्यहोराको कागजमा सही गर्नेछन्।

Published Date: 19 December 2025


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी