काठमाडौं, पुस ०३ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन्।
महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेर अघि मतदान सम्पन्न केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए। उनका अनुसार ३६ जना मतदानमा अनुस्थित भए। महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए।
उनले मतगणना अहिले बिहान ८ः०० बजेदेखि सुरु गर्ने तयारी गरिएको जानकारी दिए। “मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्न अझ केही समय लाग्छ”, उनले भने, “मतगणना भएको तीन घण्टाभित्र परिमाण आउँछ।”
एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएको थियो। एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो। मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो।
अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ। यस्तै, महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल तथा ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार बनेका छन्।
दुई प्यानलबीच नेतृत्वमा प्रतिस्पर्धा हुँदा एमाले पदाधिकारी र केन्द्रीय कमिटीमा दुई प्यानलकै नेताहरू समावेश हुने देखिएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका अनुसार अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको तर अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा छासमिसे नेतृत्व आउने दाबी गर्छन्।
Published Date: 18 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news