चेल्सी लिग कपको सेमिफाइनलमा

चेल्सी लिग कपको सेमिफाइनलमा : Icon Khabar

काठमाडौं, पुस २ । चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो।

खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन।

पहिलो हाफमा कार्डिफले राम्रो दबाब बनायो तर गोल गर्न सकेन। पेद्रो र गार्नाचो मैदान प्रवेश गरेपछि चेल्सीको खेल सुध्रियो। ५७औँ मिनेटमा गार्नाचोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। त्यसपछि कार्डिफका डेविड टर्नबुलले ७५औँ मिनेटमा बराबरी गोल फर्काए।

तर ८३औँ मिनेटमा पेद्रोले गोल गर्दै चेल्सीलाई फेरि अग्रता दिलाए। इन्जुरी समयमा गार्नाचोले दोस्रो गोल गरे पनि खेल ३-१ मै सकियो। –एजेन्सी

Published Date: 17 December 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै