रियल म्याड्रिडको संघर्षपूर्ण जित

रियल म्याड्रिडको संघर्षपूर्ण जित : Icon Khabar

काठमाडौँ, मंसिर २९ ।  रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ।

सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो।

तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी ४ अंकमा झारेको छ। अक्टोबरको अन्त्यतिर एल क्लासिकोमा बार्सिलोनालाई हराउँदा रियल ५ अंकले अगाडि थियो ।

तर त्यसयता एल्चे र रायो भायेकानोविरुद्धको रियलको बराबरीले हान्सी फ्लिकको टोलीलाई शीर्ष स्थानमा पुग्न मद्दत गरेको थियो।

२४औँ मिनेटमा जुड बेलिङहामको पासमा किलियन एम्बाप्पेले उत्कृष्ट फिनिसमा रियलले अग्रता बनायो। यो सिजनमा एमबाप्पेको यो १७औँ लिग गोल हो । फ्रान्सका कप्तान एम्बाप्पेले सन् २०२४ जुलाईमा रियल आबद्ध भएयता ७० गोल पूरा गरिसकेका छन्।

६८औँ मिनेटमा मैदान प्रवेश गरेको एक मिनेटमै कार्लोस भिसेन्टेले एन्टोनियो ब्लाङ्कोको पास नियन्त्रण लिँदै अलाभेसलाई बराबरी गोल गरे।

तर ७६औँ मिनेटमा भिनिसियस जुनियरको पासमा रोड्रिगोले बक्सभित्रबाट नजिकैबाट गोल गर्दै रियललाई पुनः अग्रता दिलाए। त्यहि गोल निर्णायक बन्यो।

Published Date: 15 December 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै