खुल्ला बाँसुरी बाजा प्रतियोगितामा लोकेश्वर बाँसुरी बाजा समूह प्रथम

खुल्ला बाँसुरी बाजा प्रतियोगितामा लोकेश्वर बाँसुरी बाजा समूह प्रथम : Icon Khabar

काठमाडौं, मंसिर २८ ।  दक्षिणकाली नगरपालिका–फर्पिङ तथा शान्ती सांगीतिक समूहद्वारा संयुक्त रूपमा आयोजित खुल्ला बाँसुरी बाजा प्रतियोगितामा भक्तपुर नगरपालिका वडा नं. २ स्थित लोकेश्वर बाँसुरी बाजा समूहले प्रथम स्थान हासिल गर्न सफल भएको छ।

प्रतियोगितामा विभिन्न स्थानका बाँसुरी वादक तथा समूहहरूको उत्साहजनक सहभागिता रहेको थियो। उत्कृष्ट प्रस्तुति र सांगीतिक कौशलका आधारमा लोकेश्वर बाँसुरी बाजा समूह प्रथम घोषित भएको आयोजकले जनाएको छ। प्रतियोगितामा सफलता हासिल गरेकोमा आयोजक संस्था तथा दर्शकहरूले समूहलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

Published Date: 14 December 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै