काठमाडौं, मंसिर २८ । दक्षिणकाली नगरपालिका–फर्पिङ तथा शान्ती सांगीतिक समूहद्वारा संयुक्त रूपमा आयोजित खुल्ला बाँसुरी बाजा प्रतियोगितामा भक्तपुर नगरपालिका वडा नं. २ स्थित लोकेश्वर बाँसुरी बाजा समूहले प्रथम स्थान हासिल गर्न सफल भएको छ।
प्रतियोगितामा विभिन्न स्थानका बाँसुरी वादक तथा समूहहरूको उत्साहजनक सहभागिता रहेको थियो। उत्कृष्ट प्रस्तुति र सांगीतिक कौशलका आधारमा लोकेश्वर बाँसुरी बाजा समूह प्रथम घोषित भएको आयोजकले जनाएको छ। प्रतियोगितामा सफलता हासिल गरेकोमा आयोजक संस्था तथा दर्शकहरूले समूहलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।