बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर : Icon Khabar

काठमाडौं, मंसिर २४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ६९ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १९ पैसा र बिक्रीदर नौ रुपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३१ पैसा र बिक्रीदर २० रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३९ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३७ पैसा र बिक्रीदर २२ रुपैयाँ ४६ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २८ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

Published Date: 10 December 2025
ताजा
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर
भोलि हुने ‘कोरा जात्रा भक्तपुर २०२६’ का लागि जर्सी वितरण सुरु, ५०० भन्दा बढी सहभागी दर्ता
फिफा विश्वकप २०२६ को फाइनल समीकरण पूरा: उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना भिड्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय