आज पहिलो क्वालिफायरमा विराटनगर र सुदूर पश्चिम भिड्दै

आज पहिलो क्वालिफायरमा विराटनगर र सुदूर पश्चिम भिड्दै : Icon Khabar

काठमाडौँ,  मंसिर २३ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रीमियर लीग–२०२५ मा आज मंसिर २३ गते मंगलवार पहिलो क्वालिफायर खेल खेलिँदैछ । आज दिउँसो ४ बजेदेखि प्रारम्भ हुने यो रोमाञ्चक खेलमा विराटनगर किङ्स तथा सुदूरपश्चिम रोयल्सबीच भिडन्त हुँदैछ ।

 सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन्।

सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो। सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो। विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो।

आज जित्ने टोली सिधै फाइनल पुग्नेछ। पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ।

Published Date: 09 December 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर