पाँच दिने हृदयचन्द्र नाटक मेला भक्तपुरमा भोलि (सोमबार) बाट शुरु

पाँच दिने हृदयचन्द्र नाटक मेला भक्तपुरमा भोलि (सोमबार) बाट शुरु : Icon Khabar

भक्तपुर, फागुन ७ । आस्था सांस्कृतिक परिवार तथा नाट्यकर्मी समाजको संयुक्त आयोजनामा नेपाली साहित्य तथा नाट्यक्षेत्रमा माैलिकता दिएर पनि ओझेलमा परेका विशिष्ट साहित्यकार हृदयचन्द्र सिंह प्रधानका सात नाटकहरू लिवाली स्थित आस्था थियटरमा पाँच दिने नाटक मेलामा मञ्चन हुने भएको छ ।

नेमकिपाकाे ४९ औं स्थापना दिवसको अवसरमा आयोजित सो मेलामा भक्तपुर जिल्लाका ७ विद्यालयका विद्यार्थीहरूले आआफ्नो पहिलो नाट्यकला हृदयचन्द्रका छुट्टाछुट्टै ७ वटा नाटकसँगै आयोजक समितिको शरणगतको स्वागत उद्घाटनका दिन तथा तेस्रो दिन र खैराँती मास्टर दुई दिन मञ्चन हुने आयोजक समितिले जनाएको छ ।

सो मेलाको नाटक अवलोकनका लागि प्रति विद्यार्थी रू.१००/- र शिक्षक तथा अन्यको लागि क्रमशः रू.२००/- र रू.५००/- निर्धारण गरिएको र प्रत्येक नाटकको मञ्चन अवलोकनका लागि छुट्टाछुट्टै टिकट काट्नुपर्ने व्यवस्था रहेको आयोजक समितिका संयोजक एलपी चवालले बताए।

Hridayachandra Natak Mela

मेलाको पहिलो दिन उद्घाटनसँगै आयोजक समितिको शरणगतको स्वागत र पारागण एकेडेमी स्कुलको खैराँती मास्टर, दोस्रो दिन ख्वप माविको मरुभूमिका लेखक र पञ्चकन्या माविको श्रीमैयाको इयर्लिङ, तेस्रो दिन बाल विकास इङलिस सेकेन्डरी स्कुलको खैराँती मास्टर र आयोजक समितिको शरणगतको स्वागत, चाैथो दिन प्रभात इङलिस सेकेन्डरी स्कुलको राजनीतिक रंगमञ्च र ख्वप कलेजको उनी देवता हुन् तथा पाँचौ र अन्तिम दिन जेन्युइन सेकेन्डरी स्कुलको किर्तिपुरको युद्ध नाटक मञ्चन र आयोजक कमितिको गंगालालको चित्ता पछि समापन समारोह गर्ने आयोजक समितिले जानकारी दिए।

उक्त मेलामा प्रत्येक दिन पहिलो नाटक मध्याह्न १२ बजे तथा दोस्रो दिउँसो ३ बजे गरि दुई सत्रमा नाटक मञ्चन हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 February 2023
Website | + posts