पाकिस्तानको फैसलाबाद शहरमा विस्फोट हुँदा १५ जनाको मृत्यु

पाकिस्तानको फैसलाबाद शहरमा विस्फोट हुँदा १५ जनाको मृत्यु : Icon Khabar

काठमाडौं, मंसिर ५ । पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने फैसलाबाद शहरमा अवस्थित एक कारखानामा विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

विष्फोटमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि उद्धारमा खटिएका अधिकारीहरूले गरेका छन् ।

आपतकाल सेवाका प्रवक्ता फारूक अहमदले प्रारम्भिक जाँचका क्रममा ग्यास चुहावटका कारण विस्फोट भएको बताएका छन् ।

उनले विस्फोटबाट कारखाना नजिकका नौ घर प्रभावित भएका पनि जानकारी दिए ।

मृतकमध्ये तीन जना मजदुर र बाँकी स्थानीय बासिन्दा रहेका बताइएको छ । पञ्जाब प्रान्तकी मुख्यमन्त्री मरियम नवाजले पीडित र उनका परिवार प्रति समवेदना व्यक्त गरेकी छन् ।

Published Date: 21 November 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने