दोस्रो भक्तपुर कप–२०७९ को पहिलो चरणको खेल जारी

दोस्रो भक्तपुर कप–२०७९ को पहिलो चरणको खेल जारी : Icon Khabar
फाइल फोटो

भक्तपुर, फागुन ७ । भक्तपुर युवा टीमको आयोजनामा जारी दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिताको तेस्रो दिन आइतबार पनि जारी रह्यो । द हिलिङ्ग होम एफसी र सृजनानगर एफसीबीच भएको प्रतियोगितामा खेलको अन्तसम्ममा दुवै टीमबाट २–२ गोलको बराबरी भएको थियो ।

दुवै टीमबीच पेनाल्टी सुट आउटमा द हिलिङ्ग होम एफसीले सृजनानगर एफसीलाई २–४ ले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएका छन् । सोही खेलबाट सृजनानगरका गोलकिपर हार्दिक कार्की उदयीमान खेलाडी घोषण भएका छन् भने सोही टीमका जर्सी नम्बर ७ का नरेश तामाङ खेलको उत्कृष्ट खेलाडी घोषित भए ।

त्यस्तै आइतबारै भएको सीओबी क्र्यू र एपीएपफ बलम्बूबीच भएको खेलमा सीओबी क्र्यूले एपीएफ बलम्बूलाई १–२ गोलले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गर्न सफल भएका छन् । खेलबाट एपीएफ बलम्बूका विनय मगर उदयीमान खेलाडी घोषणा भएका छन् भने सीओबी क्र्यूका कबू लिम्बू उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिताको चौंथो दिन सोमबार पहिलो खेल विहान ९ः३० बजे बनेपा ब्वाइज र डार्क सुटर्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो १२ः३० बजे गोदावरी एफसी र एफसी र्यालेबीच हुने टीम कमिसनर अनिल सुकुपायोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 February 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता