हाम्रो पात्रो मोबाइल एपमा थपियो मोबाइल वालेट ‘हाम्रो पे’

हाम्रो पात्रो मोबाइल एपमा थपियो मोबाइल वालेट ‘हाम्रो पे’ : Icon Khabar

काठमाडौं, फागुन ७ । हाम्रो पात्रो मोबाइल एपमा डिजिटल वालेट ‘हाम्रो पे’ पनि थपिएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै हाम्रो पात्रोले आफ्नो डिजिटल वालेट सार्वजनिक गरेको हो।

यससँगै प्रयोगकर्ताले हाम्रो पात्रो एपबाट डिजिटल वालेट हाम्रो पे प्रयोग गर्न सक्नेछन्। यसका लागि छुट्टै मोबाइल एप भने डाउनलोड गर्नुनपर्ने कम्पनीले जनाएको छ। एक करोडभन्दा बढी प्रयोगकर्ता रहेको हाम्रो पात्रोमै डिजिटल वालेट उपलब्ध भएसँगै एपका सबै प्रयोगकर्ताले सहजै डिजिटल भुक्तानीमा पहुँच पाउन सक्ने दाबी कम्पनीको छ।

खर्च ट्र्याक गर्न सकिने, मिलेर बिल तिर्ने (स्प्लिट एन्ड पे), साथीसँग पैसा सापटी माग्ने, लाइभ च्याट सपोर्ट लगायतका मौलिक फिचर रहेको हाम्रो पे विभिन्न ६ ओटा भाषामा प्रयोग गर्न सकिने बताइएको छ।नेपाल पेको क्यूआर राखिएको एपमा ३० भन्दा बढी बैंकबाट रकम लोड गर्न सकिने विकल्प छ। अंग्रेजीसँगै नेपाली, नेपालभाषा, मैथिली, थारू र डोटेली भाषामा एप चलाउन सकिन्छ। हाम्रो पात्रोका अध्यक्ष रुद्र पाण्डेले हाम्रो पेले अनलाइन भुक्तानी प्रणालीलाई थप सहज तथा सरल बनाउनेमा विश्वस्त रहेको बताए।

हाम्रो पात्रोलाई नेपालको सुपर एप बनाउने उद्देश्यका साथ डिजिटल भुक्तानीको रुपमा हाम्रो पे ल्याइएको हाम्रो पे इंकका संस्थापक तथा सीइओ शंकर उप्रेतीले बताए।

 

Published Date: 19 February 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक