हाम्रो पात्रो मोबाइल एपमा थपियो मोबाइल वालेट ‘हाम्रो पे’

हाम्रो पात्रो मोबाइल एपमा थपियो मोबाइल वालेट ‘हाम्रो पे’ : Icon Khabar

काठमाडौं, फागुन ७ । हाम्रो पात्रो मोबाइल एपमा डिजिटल वालेट ‘हाम्रो पे’ पनि थपिएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै हाम्रो पात्रोले आफ्नो डिजिटल वालेट सार्वजनिक गरेको हो।

यससँगै प्रयोगकर्ताले हाम्रो पात्रो एपबाट डिजिटल वालेट हाम्रो पे प्रयोग गर्न सक्नेछन्। यसका लागि छुट्टै मोबाइल एप भने डाउनलोड गर्नुनपर्ने कम्पनीले जनाएको छ। एक करोडभन्दा बढी प्रयोगकर्ता रहेको हाम्रो पात्रोमै डिजिटल वालेट उपलब्ध भएसँगै एपका सबै प्रयोगकर्ताले सहजै डिजिटल भुक्तानीमा पहुँच पाउन सक्ने दाबी कम्पनीको छ।

खर्च ट्र्याक गर्न सकिने, मिलेर बिल तिर्ने (स्प्लिट एन्ड पे), साथीसँग पैसा सापटी माग्ने, लाइभ च्याट सपोर्ट लगायतका मौलिक फिचर रहेको हाम्रो पे विभिन्न ६ ओटा भाषामा प्रयोग गर्न सकिने बताइएको छ।नेपाल पेको क्यूआर राखिएको एपमा ३० भन्दा बढी बैंकबाट रकम लोड गर्न सकिने विकल्प छ। अंग्रेजीसँगै नेपाली, नेपालभाषा, मैथिली, थारू र डोटेली भाषामा एप चलाउन सकिन्छ। हाम्रो पात्रोका अध्यक्ष रुद्र पाण्डेले हाम्रो पेले अनलाइन भुक्तानी प्रणालीलाई थप सहज तथा सरल बनाउनेमा विश्वस्त रहेको बताए।

हाम्रो पात्रोलाई नेपालको सुपर एप बनाउने उद्देश्यका साथ डिजिटल भुक्तानीको रुपमा हाम्रो पे ल्याइएको हाम्रो पे इंकका संस्थापक तथा सीइओ शंकर उप्रेतीले बताए।

 

Published Date: 19 February 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ