मुस्ताङको कोरला नाकाबाट सात अर्ब ३६ करोडको आयात र आठ करोड ३८ लाखको निर्यात

मुस्ताङको कोरला नाकाबाट सात अर्ब ३६ करोडको आयात र आठ करोड ३८ लाखको निर्यात : Icon Khabar

मुक्तिनाथ (मुस्ताङ), मंसिर २ । उपल्लो मुस्ताङको कोरला नाकाबाट हुँदै तीन महिनाको अवधिमा चीनबाट सात अर्ब ३६ करोडभन्दा बढि मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ । लोमान्थाङ गाउँपालिकास्थित नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयल हुँदै कात्तिक ३० सम्म सात अर्ब ३६ करोड ५८ लाख ६१ हजार रूपियाँको सामान आयात गरिएको हो ।

गत भदौ महिनाको ३० गतेदेखि व्यवसायिक रूपमा नाका सञ्चालनमा आएपछि नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ हुँदै लिजी–नेचुङ (कोरला)बाट सबैभन्दा धेरै आयात हुनेमा एक हजार सात सय २६ वटा विद्युतीय (ईभी) गाडी रहेको छ ।

पैठारीतर्फ ८९७ मालवाहक, कन्टेनर जाँचपाससँगै तीन अर्ब ६२ करोड ६९ लाख ३१ हजार २४ रुपियाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालय प्रमुख रमेश खड्काले बताउनुभयो । प्रमुख खड्का भन्नुहुन्छ, ‘‘भन्सार र नाकामा चहलपहल छ, चिसो बढेपनि चिनियाँ भन्सारबाट सामानहरू आउने क्रम रोकिएको छैन ।’’ चीनबाट आयात मात्रै नभएर निर्यातमा पनि भइरहेको छ ।

नेपालमा उत्पादन हुने हस्तकला, कपडा लगायतका सामान ५४ ट्रकमार्फत करिब आठ करोड ३८ लाख ६३ हजार रुपियाँको बस्तु तथा समान निर्यात गरिएको भन्सार प्रमुख खड्काको भनाइ छ । आयातको तुलनामा निर्यात निकै कम भएकाले तिब्वती बजार क्षेत्रमा आवश्यक पर्ने बस्तु तथा सामान उत्पादन गरी बजारीकरण गर्नुपर्ने भन्सार प्रमुख खड्काले बताए।

भन्सार कार्यालय, कोरला नाकाको तापक्रम माइनस १५ डिग्रीको हाराहारीमा पुग्ने गरेको अवस्थामा नाकाबाट भन्सार कार्यालयसम्मको १४ किलोमिटर सडकमा जमेको हिउँ पन्छाउँदै सामान ढुवानी गर्ने गरिएको छ ।

समुन्द्री सतहदेखि चार हजार छ सय ५० मिटर उचाइमा अवस्थित कोरला नाकाबाट आयात गरिएका विद्युतीय सवारीसाधनसहित अन्य सामान कोरलाबाट गण्डकी प्रदेशको राजधानी पोखरासम्म लैैजान दुई सय ५१ किलोमिटरको सडक मार्ग पार गर्नुपर्छ । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको थियो । वि.स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका गएको भदौ महिनाको ३० गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको थियो । यो नाका नेपालका दुई छिमेकी मुलुक भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो र सहज बनाउन कालीगण्डी करिडोर निर्माण भएको छ ।

Published Date: 18 November 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर