मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घट्यो

मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, मंसिर २ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ४३ हजार ३ सय कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि ६५ रुपैयाँले घटेको छ । आज चाँदीको कारोबार प्रतितोला ३ हजार ९० रुपैयाँमा भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 November 2025
Website | + posts