काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषण बढ्दै

काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषण बढ्दै : Icon Khabar

काठमाडौं, कार्तिक २३ । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वायु प्रदूषण बढ्दै गएको छ । आगामी दिनमा प्रदूषण अझै बढ्ने आंकलन गरिएको छ ।

वातावरण विभागको वेबसाइटमा उल्लेख गरिएको विवरण अनुसार आज बिहान नौ बजेसम्म सबैभन्दा धेरै प्रदूषण सुर्खेतमा छ । सुर्खेतमा वायु प्रदूषणको मात्रा १७० पीपीएम छ ।

त्यसपछि बढी प्रदूषित सहरको रुपमा भक्तपुर छ । भक्तपुरमा १३२ पीपीएम रेकर्ड भएको छ । त्यसपछि धेरै प्रदूषण रहेका ठाउँको श्रेणीमा क्रमश: दाङको देउखुरी (१२४), काठमाडौंको शंखपार्क (१२३) र ललितपुरको खुमलटार (१०५) छन् ।

हिजो शंखपार्कमा प्रदूषणको मात्रा ७३ पीपीएम रहेकामा आज बिहान नौ बजेसम्म शंखपार्कको प्रदूषणको मात्रा ह्वात्तै बढेर १२३ पुगेको छ ।

वातावरण विभागकै वेबसाइटमा राखिएको विवरणअनुसार आगामी दिनमा प्रदूषणको मात्रा थप बढ्ने प्रक्षेपण छ ।

तत्काल पानी पार्ने उल्लेख्य प्रणाली नभएको र छिमेकी मुलुक भारतमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेकाले त्यो उडेर नेपालसम्म आइपुग्न सक्ने जानकारहरु बताउँछन् ।

सुक्खायाममा पानी कम पर्ने, हावा नचल्ने र कृषिजन्य पदार्थहरु जलाउने र पर्यावरण मैत्री अनुकूल नहुने विकास निर्माणका काम वायु प्रदूषणका मुख्य कारण मानिन्छन् ।

Published Date: 09 November 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी