‘मोन्था’ आँधीको प्रभाव कमजोर, देशभरको मौसममा सुधार

‘मोन्था’ आँधीको प्रभाव कमजोर, देशभरको मौसममा सुधार : Icon Khabar

काठमाडौं, कार्तिक १६ ।  जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः सुधार हुँदै गएको र आइतबार थप सुधार हुने जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज बिहान धेरै स्थानमा हल्कादेखि मध्याम वर्षा भए पनि अपराह्नबाट बिस्तारै खुल्दै गएको र साँझ देशका धेरै स्थानमा मौसम सुधार भई वर्षा रोकिएको जानकारी दिए।

बङ्गालको खाडीबाट विकसित मोन्था चक्रवातको प्रभाव हटे पनि नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कायम हुँदा आज पनि देशका धेरै ठाउँमा वर्षा भएको उनले बताए। यो अवस्था सुधार हुने क्रम जारी रहेको र आइतबार भने आजको तुलनामा धेरै नै सुधार हुने अधिकारीको भनाइ छ।

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। ती क्षेत्रमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि तथा पर्यटनका क्षेत्रमा समेत केही असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यसपालि मोन्था चक्रवातको प्रणालीमा अरब सागरबाट विकसित भएको प्रणाली र पश्चिमी वायुका कारण देशका धेरै ठाउँमा वर्षा हुँदा ठूलो क्षेत्रको धानबालीमा क्षति पुगेका छ। यस्तै, भारी हिमपातका कारण उच्च हिमाली क्षेत्र र पदयात्रा नराम्ररी प्रभावित भएको छ। नेपालमा यही कात्तिक १३ गतेदेखि वर्षाले जनजीवन प्रभावित भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 November 2025
Website | + posts




ताजा
बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा पहिरो खस्यो, यातायात सेवा अवरुद्ध
आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्यो
सामाजिक सुरक्षा कोषमा हालसम्म रु ९४ अर्ब रकम जम्मा


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने