आइसीसी विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै

आइसीसी विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै : Icon Khabar

काठमाडौँ, कार्तिक १३ । आइसीसी विश्वकप क्रिकेट लिग-२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ। लिग-२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ।

लिग-२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मंगलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हरायो। यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको सहज जित निकालेको थियो।

अमेरिकासँगको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपाललाई घरेलु टोली युएईलाई पराजित गर्न आज थप मिहिनेत गर्नुपर्ने देखिन्छ ।नेपालले युएईपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ।

विश्वकप लिग–२ मा १७ खेल खेलेको नेपालले १२ अंक जोडेको छ। समान खेल खेलेको युएईको ६ अंक छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ। २२ खेल खेलिसकेको अमेरिका ३२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

Published Date: 30 October 2025




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न