राष्ट्रपतिले माफी दिएका सांसद अरुण चौधरी रिहा

राष्ट्रपतिले माफी दिएका सांसद अरुण चौधरी रिहा : Icon Khabar

काठमाडौं, फागुन ७ । राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकारिणी माफी दिएपछि प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी आज जेलमुक्त भएका छन् ।

कैलाली कारागारमा रहेका चौधरी आवश्यक प्रक्रिया पूरा गरी आज जिल्ला प्रशासन कार्यालयबाट रिहा भएका छन् । राष्ट्रपतिले प्रजातन्त्र दिवसका अवसरमा ३९५ कैदीलाई माफी दिएकी छन् ।

नागरिक उन्मुक्ति पार्टीका नेता अरुणकुमार चौधरीले अन्य दलले राजनीतिक बदला लिएको आरोप लगाएका छन् । चौधरीले राजनीतिक बदला लिन आफूलाई जेल हालेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘मलाई जसरी जेलमा राखिएको छ, त्यो राजनीतिक प्रतिशोध हो र नयाँ उदीयमान दलहरूलाई दबाउन खोज्ने चलन नेपाली राजनीतिमा राम्रो देखिँदैन ।

चौधरीलाई माघ २० गते पक्राउ गरी जिल्ला अदालत कैलालीमा हाजिर गरिएको थियो । नौ वर्षअघि भएको आगजनी मुद्दामा जिल्ला अदालत कैलालीले उनलाई दोषी ठहर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 February 2023
Website | + posts