राष्ट्रपतिले माफी दिएका सांसद अरुण चौधरी रिहा

राष्ट्रपतिले माफी दिएका सांसद अरुण चौधरी रिहा : Icon Khabar

काठमाडौं, फागुन ७ । राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकारिणी माफी दिएपछि प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी आज जेलमुक्त भएका छन् ।

कैलाली कारागारमा रहेका चौधरी आवश्यक प्रक्रिया पूरा गरी आज जिल्ला प्रशासन कार्यालयबाट रिहा भएका छन् । राष्ट्रपतिले प्रजातन्त्र दिवसका अवसरमा ३९५ कैदीलाई माफी दिएकी छन् ।

नागरिक उन्मुक्ति पार्टीका नेता अरुणकुमार चौधरीले अन्य दलले राजनीतिक बदला लिएको आरोप लगाएका छन् । चौधरीले राजनीतिक बदला लिन आफूलाई जेल हालेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘मलाई जसरी जेलमा राखिएको छ, त्यो राजनीतिक प्रतिशोध हो र नयाँ उदीयमान दलहरूलाई दबाउन खोज्ने चलन नेपाली राजनीतिमा राम्रो देखिँदैन ।

चौधरीलाई माघ २० गते पक्राउ गरी जिल्ला अदालत कैलालीमा हाजिर गरिएको थियो । नौ वर्षअघि भएको आगजनी मुद्दामा जिल्ला अदालत कैलालीले उनलाई दोषी ठहर गरेको थियो ।

Published Date: 19 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा