आज पनि सुनको भाउ प्रतितोला ७ हजार १ सय रुपैयाँले बढ्यो

आज पनि सुनको भाउ प्रतितोला ७ हजार १ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, असोज ३१ । स्थानिय बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी गरेको छ । पछिल्लो समय निरन्तर रेकर्ड कायम राखिरहेको सुनको भाउ आजपनि ७ हजार १ सय रुपैयाँले बढेको हो ।

यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन पनि सुनको भाउ २ हजार रुपैयाँले बढ्दै प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ समेत बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँको वृद्धिका साथ ३ हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 17 October 2025


ताजा
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास