टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै

टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै : Icon Khabar

काठमाडौं, असोज ३१ । टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ।

शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो। दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ भने नेपाल अहिलेसम्म अपराजित छ।

समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपाल अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ। यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ। उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ।

आज नेपालले सामोआलाई पराजित गरेको खण्डमा भने नेपाल च्याम्पियन बन्नेछ। साथै, नेपाल, युएई र ओमानले शीर्ष-३ मा स्थान बनाउँदै टी-२० विश्वकपमा आफ्नो स्थान बनाइसकेको छ।

Published Date: 17 October 2025


ताजा
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास