बुधबार पनि सुनको भाउ बढ्यो

बुधबार पनि सुनको भाउ बढ्यो : Icon Khabar

काठमाडौँ, असोज २९ । स्थानिय बजारमा आज सुनको भाउले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज ४ सय रुपैयाँले बढ्दै सुनको भाउ नयाँ उचाईमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको भाउमा ८ हजार १ सय रुपैयाँको बढोत्तरी आएको थियो ।

यस्तै आज चाँदीको भाउ समेत बढेको छ । चाँदीको. मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 October 2025
Website | + posts




ताजा
नोबेल पुरस्कार: मानव सभ्यताको उत्कृष्ट उपलब्धिको सम्मान
मुस्ताङमा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन
आफ्नो तस्वीर टाइम म्यागजिनको कभरमा आएपछि रिसाए ट्रम्प
बुधबार पनि सुनको भाउ बढ्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित