बिहिबारको सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्यो

बिहिबारको सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, असोज २३ । स्थानिय बजारमा आजपनि सुनको मूल्य बढेको छ । बिहिबारको कारोबारमा सुनको मूल्य १२ सय रुपैयाँले बढेको हो ।
यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन पनि सुनको मूल्य २ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको. भाउ पनि बढेको छ । चाँदीको भाउले पहिलोपटक ३ हजारको आँकडा पार गरेको छ । यो दिन चाँदी ७० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 October 2025
Website | + posts