सुन र चाँदीको मूल्यमा निरन्तरको रेकर्ड ब्रेक

सुन र चाँदीको मूल्यमा निरन्तरको रेकर्ड ब्रेक : Icon Khabar

काठमाडौँ, असोज २० । नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आईतबार कायम रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले एतिहासिक उचाई बनाएको हो ।

यसैगरी यस दिन चाँदीको मूल्यले पनि नयाँ उचाई बनाएको हो । आजको बजारमा चाँदी तोलामा ३० रुपैयाँ बढेर २ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबारको बजारमा २ हजार ९३० रुपैयामा खरिदबिक्री भएको थियो । चाँदीको पनि आईतबार कायम मूल्यलाई ब्रेक गरेर नयाँ उचाई बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 October 2025
Website | + posts