काष्ठमण्डपमा तीन घण्टादेखि आगलागी, नियन्त्रणको प्रयास हुँदै

काष्ठमण्डपमा तीन घण्टादेखि आगलागी, नियन्त्रणको प्रयास हुँदै : Icon Khabar

काठमाडौँ, असोज १३ । काठमाडौंको काष्ठमण्डप नजिकै बिहान करिब साढे ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन ।

जिल्ला प्रहरी परिसर, काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार काठमाडौं महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको २ तले घरको कपडाको गोदामबाट आगलागी सुरु भएको हो ।

‘आगो ९० प्रतिशत नियन्त्रणमा आयो, केही बाँकी छ । निभाउने कार्य भइरहेको छ,; डीएसपी चन्दले आइकन खबरलाइ जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 September 2025
Website | + posts