नेपालले वेस्ट इन्डिजसँग पहिलो टी-२०आई खेल्दै

नेपालले वेस्ट इन्डिजसँग पहिलो टी-२०आई खेल्दै : Icon Khabar

काठमाडाैं, असोज ११ । ऐतिहासिक युनिटी कप भोलि देखि युएईको शारजाह क्रिकेट स्टेडियममा सुरू हुँदैछ। नेपालले कुनै पनि टेष्ट राष्ट्रसँग खेल्न लागेको पहिलो सिरिज भएको कारण यसको महत्व छुट्टै छ।

सिरिज अगाडि नेपाल र वेस्ट इन्डिजले प्रि म्याच कन्फ्रेन्समा उत्कृष्ट क्रिकेट खेल्ने बताएका छन् । वेस्ट इन्डिजका कप्तान सकिल होसेनले युनिटी कपमा नेपालसँग खेल्न पाएकोमा खुशी लागेको बताए।

नेपालसँगको यो ऐतिहासिक सिरिज खेल्न उत्साही भएको र राम्रो क्रिकेट हुने, उनले भने।

उनले पहिलो पटक कप्तानको जिम्मेवारीमा निभाउँदै छन्। टोलीमा युवा खेलाडीहरू रहेको भन्दै नेपाललाई सजिलै नलिने र नेपालको जितको भोक बारे जानकार रहेको पनि बताए। भर्खरै सिपिएलमा सहभागी भएर आएकोले वेस्ट इन्डिजलाई सहज हुन सक्छ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले यो ऐतिहासिक अवसरको लागि वेस्ट इन्डिज क्रिकेट बोर्डलाई धन्यवाद दिंदै राम्रो तयारी भएकोले नेपाल तयार रहेको बताए। नेपालले नै आयोजना गरे पनि यो सिरिज युएईमा हुँदैछ। तर पनि केहि दिन अगाडि आएर प्रशिक्षण गरेको र यहाँको कन्डिसनको आधारमा खेल्ने बताए ।

नेपालले यसअघि एसिया कप लगायतको टेष्ट राष्ट्रसँग खेलेको अनुभवहरूलाई सदुपयोग गरेर जित्नकै लागि खेल्ने र टोली जितको लागि तयार रहेकोमा रोहित विश्वस्त छन्।

साथै यो सिरिजको प्रदर्शन निकै महत्वपूर्ण रहने भन्दै आगामी दिनमा यो सिरिजको नतिजाले यस्तो अवसरको बाटो खोल्ने बताए। त्यसैले यो सिरिजको नतिजा नेपालको लागि बढी महत्वपूर्ण रहनेछ।

नेपालले यसअघि गत वर्ष वेस्ट इन्डिजको ‘ए’ टिमसँग खेलेको अनुभव पनि रहेको छ। अहिलेको टोलीमा वेस्ट इन्डिज ‘ए’ का केहि खेलाडी पनि छन्। पहिलो खेल भोलि नेपाली समयअनुसार साँझ ८:१५ बजे हुनेछ।

नेपालले आयिजना गरेको यो सिरजको सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए।

Published Date: 27 September 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली