आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडाैं, असोज ११ । आज २०८२ असोज ११ गते शनिवार, तद्नुसार २७ सेप्टेम्बर २०२५ । आज असोज शुक्ल पञ्चमी, प्रीति बालव अनुराधा, बडादशैँको पाँचौँ दिन, स्कन्द माताको पूजा, सूर्योदय बिहानः ०५:५५ बजे, सूर्यास्त साँझः  १७:५५ बजे ।

आजको राशिफल

मेष राशि: मेष राशि भएकाहरूको योजना सफल हुनेछ। कार्यस्थलमा परिवर्तन सम्भव छ । विरोधी सक्रिय रहनेछन्। सामाजिक प्रतिष्ठा बढ्नेछ। साथीहरूको सहयोग पाइनेछ। आम्दानी बढ्नेछ । शुभ रंग नीलो हो भने शुभ अंक ९ रहेको छ ।

वृष राशि: वृष राशि भएकाहरूले व्यवसायमा ध्यान दिनु पर्नेछ। समय व्यर्थ नगुमाउनुहोला । पूजा–पाठमा मन लाग्नेछ। हतार गर्दा हानि हुन सक्छ। लगानी शुभ रहनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।

मिथुन राशि: मिथुन राशि भएकाहरूको घर–परिवारका सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नेछ। बोलीमा नियन्त्रण राख्नुहोला। चोटपटक वा दुर्घटना हुन सक्छ, सतर्क रहनुहोला। अपेक्षित कामहरू ढिलो हुनेछन् । शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ ।

कर्कट राशि: कर्कट राशि भएकाहरूको कानुनी अड्चन हटेर लाभको स्थिति सिर्जना हुनेछ। प्रेम प्रसंगमा जोखिम नलिनुहोला। व्यापारमा लाभ हुनेछ। जागिरमा प्रभाव बढ्नेछ। प्रसन्नता रहनेछ। भाग्य साथ दिनेछ । शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ ।

सिंह राशि: सिंह राशि भएकाहरू बेरोजगारी हटाउने प्रयास सफल हुनेछन्। परीक्षा तथा अन्तरवार्तामा सफलता मिल्नेछ। स्थायी सम्पत्तिबाट ठूलो लाभ मिल्न सक्छ। लगानी लाभदायक हुनेछ । शुभ रंग बदामी हो भने शुभ अंक ८ रहेको छ ।

कन्या राशि: कन्या राशि भएकाहरूले पार्टी र पिकनिकको रमाइलो पाइनेछ। रचनात्मक कार्यहरूमा सफलता मिल्नेछ। मनपर्ने खानेकुराको स्वाद पाइनेछ। व्यापार–व्यवसाय लाभदायक रहनेछ। समय अनुकूल रहनेछ। शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ ।

तुला राशि: तुला राशि भएकाहरूलाई अनावश्यक तनाव रहनेछ। कसैसँग विवाद हुन सक्छ। अनावश्यक कुरामा ध्यान नदिनुहोला। मेहनत धेरै, लाभ कम हुनेछ । व्यापार–व्यवसाय लाभदायक हुनेछ। आम्दानीमा स्थिरता रहनेछ । शुभ रंग क्रीम हो भने शुभ अंक ३ रहेको छ ।

वृश्चिक राशि: वृश्चिक राशि भएकाहरूलाई जीवनसाथीको साथ मिल्नेछ। परिश्रमको फल पाइनेछ। काममा सफलता मिल्नेछ। लगानी लाभदायक हुनेछ। व्यापारमा इच्छानुकूल लाभ हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। व्यस्तता रहनेछ । शुभ रंग आकाशे नीलो हो भने शुभ अंक २ रहेको छ ।

धनु राशि: धनु राशि भएकाहरूलाई उत्साह दिने खबर प्राप्त हुनेछ। पुराना साथीभाइसँग भेट हुने सम्भावना छ। विरोधी सक्रिय हुनेछन्। ठूलो काम गर्ने इच्छा हुनेछ। झन्झटबाट टाढा रहनुहोला । फजुल खर्च हुनेछ। व्यापारमा लाभ हुनेछ। जोखिम नलिनुहोला ‌। शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ ।

मकर राशि: मकर राशि भएकाहरूलाई नयाँ लुगा वा गहना प्राप्त हुन सक्छ। यात्रा लाभदायक रहनेछ। बेरोजगारी हटाउने प्रयास सफल हुनेछन्। व्यापारमा ठूलो लाभ मिल्ने सम्भावना छ। खुशी रहनेछ । शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ ।

कुम्भ राशि: कुम्भ राशि भएकाहरूले अनावश्यक खर्चमा नियन्त्रण राख्नुहोला । बजेट गडबड हुन सक्छ। शारीरिक पीडाले बाधा आउन सक्छ। लेनदेनमा सावधानी अपनाउनुहोला । बोलीमा नरम शब्द प्रयोग गर्नुहोला । आम्दानी हुनेछ तर सन्तुष्टि नहुन सक्छ । शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ ।

मीन राशि: मीन राशि भएकाहरूको यात्रा लाभदायक हुनेछ। हराएको रकम फिर्ता पाउने सम्भावना छ, प्रयास गर्नुहोला। उन्नतिको मार्ग खुल्नेछ। जागिरमा प्रभाव बढ्नेछ । शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 September 2025
Website | + posts