दशैंको उमंगमा साईकल यात्रा र चंगा उडान “काइट्स अन व्हील्स” कार्यक्रम हुने

दशैंको उमंगमा साईकल यात्रा र चंगा उडान “काइट्स अन व्हील्स” कार्यक्रम हुने : Icon Khabar

भक्तपुर, असोज ९ । नेपालीहरूको महान् चाड दशैंको सांस्कृतिक उत्सवलाई उल्लासपूर्ण बनाउन भक्तपुरबाट चांगुनारायण सम्म साइकल यात्रा गर्दै त्रिशुल डाँडा नजिकै लाइट डाँडामा “काइट्स अन व्हील्स” नामक विशेष कार्यक्रम यही अशोज ११ गते शनिबार हुदैंछ। यस कार्यक्रमलाई साइकल कनेक्ट जेन-जी, इन्जिनियरिङ स्टुडेन्ट्स ग्रुप अफ भक्तपुर र लियो क्लब अफ भक्तपुर केदारेश्वरले संयुक्त रूपमा आयोजना गर्दैछ।

कार्यक्रममा सहभागीहरुले साईकल यात्रासँगै चंगा उडाएर दशैंमा उमंग भर्नेछन् जसमा स्थानीय युवादेखि विद्यार्थीहरु उत्साहपूर्वक सहभागी रहनेछ।

“काइट्स अन व्हील्स” कार्यक्रमको उद्देश्य दशैं पर्वको उमंग साथै युवा- विद्यार्थी बीच सहकार्य, मैत्री र सामाजिक संस्कृतिको विकास गर्ने रहेको आयोजकहरुले जनाएका छन्। साथै यसले युवा पुस्तामा सडकमा सँगै साईकल संस्कृति र सामाजिक गतिविधिमा प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

आयोजक संस्थाहरुले आगामी दिनमा पनि यस किसिमका कार्यक्रममार्फत समाजमा स्वस्थ जीवनशैली, सामूहिक उत्सव र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याइरहने प्रतिवद्धता व्यक्त गरेका छन्।

Published Date: 25 September 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग