घटस्थापनाकै दिन सुनको मूल्य हालसम्मकै उच्च

घटस्थापनाकै दिन सुनको मूल्य हालसम्मकै उच्च : Icon Khabar

काठमाडौँ, असोज ६ । स्थानिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन पनि सुनको मूल्य ११ सय रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि गत भदौ ३१ गते र असोज ५ गते सुनको मूल्य हालसम्मकै उच्च कायम थियो । उक्त दिनहरु सुनको कारोबार प्रतितोला २ लाख १७ हजार १ सयमा भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 22 September 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी