आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, भदौ ३१। आज २०८२ भदौ ३१ गते मंगलवार, तद्अनुसार १६ सेप्टेम्बर २०२५ । आज असोज कृष्ण दशमी, वरियान वणिज आर्द्रा, दशमी श्राद्ध, विश्व ओजोन तह बचाउ दिवस, सूर्योदय बिहानः ०५ः४९ बजे, सूर्यास्त साँझः १८ः०७ बजे ।

आजको राशिफल

मेष: सामान्य प्रयासमै कार्य सिद्ध हुनेछ । लाभको अवसर हात लाग्ने छ । रोजगारीमा वृद्धि हुनेछ । मित्रहरूलाई सहयोग गर्न सक्नु हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । व्यापार लाभदायक रहने छ । सेयर बजारमा सोचविचार गरेर लगानी गर्नु होला ।
शुभ रंगः हरियो, शुभ अंकः २

वृष राशि: दुष्ट व्यक्तिहरूप्रति सचेत रहनु होला, हानि पुर्‍याउन सक्छन् । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । जोखिम उठाउने साहस हुनेछ । आम्दानी भैरहने छ । दाजुभाइको सहयोग पाइने छ । लगानी लाभदायक हुनेछ । विवेक प्रयोग गर्दा लाभ हुनेछ ।
शुभ रंगः सेतो, शुभ अंकः २

मिथुन राशि: हतारमा कुनै पनि लेनदेन नगर्नु होला । स्वास्थ्यप्रति ध्यान दिनु होला । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ मिल्न सक्छ । व्यापारमा वृद्धि हुने योग छ । खुशीको वातावरण रहने छ ।
शुभ रंगः सुन्तला, शुभ अंकः १

कर्कट राशि: भाग्यको साथ पाइने छ । बहुमूल्य वस्तुहरू सुरक्षित राख्नु होला । जीवनसाथीको स्वास्थ्यमा खर्च बढ्ने छ । बोलीमा हल्का शब्द प्रयोग नगर्नु होला । अपरिचित व्यक्तिमाथि अन्धविश्वास नगर्नु होला । समय प्रतिकूल छ ।
शुभ रंगः नीलो, शुभ अंकः ६

सिंह राशि: शत्रुहरू शान्त रहनेछन् । धन लाभको अवसर मिल्ने छ । व्यावसायिक यात्रा लाभदायक हुनेछ । साथीहरुबाट सहयोग पाइने छ । नयाँ कार्य प्रारम्भ गर्ने योजना बन्ने छ । व्यापारमा वृद्धि हुने योग छ । लगानी शुभ रहने छ । जागिरमा अधिकारीहरू प्रसन्न रहने छन् । भाग्यको साथ पाइने छ ।
शुभ रंगः आकाशे, शुभ अंकः २

कन्या राशि: सन्तान पक्षको स्वास्थ्य तथा अध्ययनसम्बन्धी चिन्ता रहने छ । नयाँ योजना बन्ने छ, तत्काल लाभ नहुन सक्छ । कार्यशैलीमा परिवर्तन गर्नुपर्ने हुन सक्छ । व्यापार लाभदायक हुनेछ । जागिरमा प्रभाव बढ्ने छ । सेयर बजारबाट लाभ हुनेछ ।
शुभ रंगः गुलावी, शुभ अंकः ५

तुला राशि: थकान र कमजोरी महसुस हुन सक्छ । स्वास्थ्यप्रति ध्यान दिनु होला । धर्म कर्ममा रुचि रहने छ । धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ । कानुनी अवरोध हटेर स्थिति अनुकूल बन्ने छ । लाभको अवसर हात लाग्ने छ । सुखका साधनहरू प्राप्त हुन सक्छन् । धनप्राप्ति सजिलो हुनेछ ।
शुभ रंगः हरियो, शुभ अंकः ४

वृश्चिक राशि: कानुनी काममा अनुकूलता आउने छ । प्रेमसम्बन्धमा हतार नगर्नु होला, विवाद हुन सक्छ । सवारीसाधन अथवा मेसिन प्रयोग गर्दा लापरवाही नगर्नु होला । विवादलाई नबढाउनु होला । आत्म सम्मानमा ठेस पुग्न सक्छ ।
शुभ रंगः केशरी, शुभ अंकः ९

धनु राशि: हल्का हाँसो मजाक गर्नबाट बच्नु होला । विरोधी सक्रिय रहने छन् । धनहानि कुनै न कुनै तरिकाले हुन सक्छ । जीवनसाथीको सहयोग पाइने छ । कानुनी अवरोध हटेर लाभको स्थिति बन्ने छ । खुशीको वातावरण रहने छ । लाभ बढ्ने छ ।
शुभ रंगः क्रीम, शुभ अंकः २

मकर राशि: स्वास्थ्यप्रति ध्यान दिनु होला । चिन्ता तथा तनाव रहने छ । सुखका साधनमा खर्च बढ्ने छ । स्थायी सम्पत्तिमा वृद्धि हुने योग छ । सम्पत्ति सम्बन्धी कामले ठूलो लाभ दिन सक्छ । रोजगारी प्राप्तिको प्रयास सफल हुनेछ ।
शुभ रंगः रातो, शुभ अंकः ३

कुम्भ: आँखालाई रोग अथवा चोटबाट बचाउनु होला । लेनदेनमा हतार नगर्नु होला । मनोरञ्जनात्मक यात्रा आयोजना हुन सक्छ । कुनै उत्सव अथवा खुशीको कार्यक्रममा सहभागी हुने अवसर पाइने छ । मनपर्ने खानाको आनन्द पाइने छ ।
शुभ रंगः केशरी, शुभ अंकः ६

मीन राशि: आज भाग्यको साथ पाइने छ । व्यवसाय राम्रोसँग चल्ने छ । जोखिमपूर्ण कार्य नगर्नु होला । बोलीमा नियन्त्रण राख्नु होला । अरूको काममा हस्तक्षेप नगर्नु होला ।
शुभ रंगः बदामी, शुभ अंकः ५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 September 2025
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न