बार्सिलोनाको फराकिलो जित

बार्सिलोनाको फराकिलो जित : Icon Khabar

काठमाडौँ, भदौ ३० । बार्सिलोनाले ला लिगामा भ्यालेन्सियामाथि ६-० को फराकिलो जित दर्ता गरेको छ। साविक विजेता टोललीका लागि  फर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोव्स्कीले समान २ गोल गरे।

२९ औं मिनेटमा लोपेजले फेरान टोरेसको पासमा पहिलो गोल गरे। त्यसपछि ५३ औं मिनेटमा रासफोर्डको क्रसबाट राफिन्हाले गोल गरे। लोपेजले ५६ औं बक्स बाहिरबाट तेस्रो गोल थपे भने राफिन्हाले ६६ औं मिनेटमा चौथो गोल पूरा गरे।

परिवर्तित  लेवान्डोव्स्कीले दानी ओल्मोको पासमा ७६ औण मिनेटमा पाँचौं गोल गरे । त्यसपछि ८६ औं मिनेटमा उनको अर्को गोल सुरुमै अफसाइड लिइयो। तर भिएआर जाँच पछि गोलले मान्यता पायो।

म्यानचेष्टर युनाइटेडबाट ऋणमा गएका इंग्ल्यान्डका स्ट्राइकर मार्कस रासफोर्डले बार्सिलोनाका लागि पहिलोपटक ला लिगामा गोलमा प्रत्यक्ष संलग्नता जनाए। उनले ६७ मिनेट खेले र दुई पटक गोल गर्ने प्रयास असफल भए।

टोरेसले पनि रासफोर्डकै क्रसबाट आएको बलमा पोष्ट लागेर गोल गर्न चुके। नोउ क्याम्प पुनर्निर्माण भइरहेको हुँदा खेल ६ हजार दर्शक क्षमताको योहान क्रुइफ स्टेडियममा खेलाइएको हो। ४ खेलमा १० अंकसहित बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ।

अर्को खेलमा ओसासुनाले रायो भालेसानोलाई २-० ले हरायो। लेभान्ते र रियल बेटिसले २-२ को बराबरी खेले। – एजेन्सी

Published Date: 15 September 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै