काठमाडौँ, भदौ ३० । बार्सिलोनाले ला लिगामा भ्यालेन्सियामाथि ६-० को फराकिलो जित दर्ता गरेको छ। साविक विजेता टोललीका लागि फर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोव्स्कीले समान २ गोल गरे।
२९ औं मिनेटमा लोपेजले फेरान टोरेसको पासमा पहिलो गोल गरे। त्यसपछि ५३ औं मिनेटमा रासफोर्डको क्रसबाट राफिन्हाले गोल गरे। लोपेजले ५६ औं बक्स बाहिरबाट तेस्रो गोल थपे भने राफिन्हाले ६६ औं मिनेटमा चौथो गोल पूरा गरे।
परिवर्तित लेवान्डोव्स्कीले दानी ओल्मोको पासमा ७६ औण मिनेटमा पाँचौं गोल गरे । त्यसपछि ८६ औं मिनेटमा उनको अर्को गोल सुरुमै अफसाइड लिइयो। तर भिएआर जाँच पछि गोलले मान्यता पायो।
म्यानचेष्टर युनाइटेडबाट ऋणमा गएका इंग्ल्यान्डका स्ट्राइकर मार्कस रासफोर्डले बार्सिलोनाका लागि पहिलोपटक ला लिगामा गोलमा प्रत्यक्ष संलग्नता जनाए। उनले ६७ मिनेट खेले र दुई पटक गोल गर्ने प्रयास असफल भए।
टोरेसले पनि रासफोर्डकै क्रसबाट आएको बलमा पोष्ट लागेर गोल गर्न चुके। नोउ क्याम्प पुनर्निर्माण भइरहेको हुँदा खेल ६ हजार दर्शक क्षमताको योहान क्रुइफ स्टेडियममा खेलाइएको हो। ४ खेलमा १० अंकसहित बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ।
अर्को खेलमा ओसासुनाले रायो भालेसानोलाई २-० ले हरायो। लेभान्ते र रियल बेटिसले २-२ को बराबरी खेले। – एजेन्सी
Published Date: 15 September 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news