सहज बन्दै जनजीवन, हटाइयो निषेधाज्ञा र कर्फ्यू

सहज बन्दै जनजीवन, हटाइयो निषेधाज्ञा र कर्फ्यू : Icon Khabar
काठमाडौँ, भदौ २८ । काठमाडाैं उपत्यकामा पछिल्ला ६ दिनदेखि जारी निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि हटाइएका छन्।

नेपाली सेनाले भदौ २४ गतेदेखि क्रमशः सूचना जारी गर्दै काठमाडौं उपत्यका र अन्य जिल्लामा लागू निषेधाज्ञा तथा कर्फ्युबारे जानकारी दिँदै आएको थियो। तर आज भने न त सेनाले, न त स्थानीय प्रशासनले यससम्बन्धी नयाँ सूचना सार्वजनिक गरेका छन्।

प्रतिबन्धात्मक आदेश हटेसँगै उपत्यकाको दैनिकी क्रमशः सामान्य अवस्थामा फर्किन थालेको छ। काठमाडौं मात्र होइन, देशका अन्य जिल्लामा पनि आजदेखि निषेधाज्ञा र कर्फ्यु हटाइएको छ।

जेन–जी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि देशभरका संवेदनशील क्षेत्रमा प्रशासनले कर्फ्यु र निषेधाज्ञा लागू गरेको थियो। तर गएराति आन्दोलनको भावनाअनुरूप राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि परिस्थितिमा सहजता देखिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 September 2025
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न