सहज बन्दै जनजीवन, हटाइयो निषेधाज्ञा र कर्फ्यू

सहज बन्दै जनजीवन, हटाइयो निषेधाज्ञा र कर्फ्यू : Icon Khabar
काठमाडौँ, भदौ २८ । काठमाडाैं उपत्यकामा पछिल्ला ६ दिनदेखि जारी निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि हटाइएका छन्।

नेपाली सेनाले भदौ २४ गतेदेखि क्रमशः सूचना जारी गर्दै काठमाडौं उपत्यका र अन्य जिल्लामा लागू निषेधाज्ञा तथा कर्फ्युबारे जानकारी दिँदै आएको थियो। तर आज भने न त सेनाले, न त स्थानीय प्रशासनले यससम्बन्धी नयाँ सूचना सार्वजनिक गरेका छन्।

प्रतिबन्धात्मक आदेश हटेसँगै उपत्यकाको दैनिकी क्रमशः सामान्य अवस्थामा फर्किन थालेको छ। काठमाडौं मात्र होइन, देशका अन्य जिल्लामा पनि आजदेखि निषेधाज्ञा र कर्फ्यु हटाइएको छ।

जेन–जी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि देशभरका संवेदनशील क्षेत्रमा प्रशासनले कर्फ्यु र निषेधाज्ञा लागू गरेको थियो। तर गएराति आन्दोलनको भावनाअनुरूप राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि परिस्थितिमा सहजता देखिएको हो।

Published Date: 13 September 2025


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी