निरन्तरजसाे नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्य घट्यो

निरन्तरजसाे नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्य घट्यो : Icon Khabar

काठमाडौँ, भदौ २३ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। पछिल्ला दिनहरुमा निरन्तर जसो नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्य, यस दिन घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात आइतबारको तुलनामा यस दिन सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो। आइतबारको बजारमा यस्तो सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ। बुधबार तोलाको २ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 September 2025




ताजा
गएरातिदेखि मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र क्षेत्रमा हिमपात
रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध
प्रतिनिधिसभा सदस्य उम्मेदवारले अहिले दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ पुग्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
अन्तर्राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान