निरन्तरजसाे नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्य घट्यो

निरन्तरजसाे नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्य घट्यो : Icon Khabar

काठमाडौँ, भदौ २३ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। पछिल्ला दिनहरुमा निरन्तर जसो नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्य, यस दिन घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात आइतबारको तुलनामा यस दिन सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो। आइतबारको बजारमा यस्तो सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ। बुधबार तोलाको २ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।

Published Date: 08 September 2025


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु