रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण

रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण : Icon Khabar

काठमाडौं, भदौ १९ । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)का नेता बदन भण्डारीमाथि बुधबार राति करिब ८ बजेतिर आक्रमण भएको छ। कपनस्थित कार्यालयबाट प्रगतिनगरमा रहेको घरतर्फ जाँदै गर्दा केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव भण्डारीमाथि आक्रमण भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य दीपक बोहराले सञ्जाल फेसबुक लाइभमार्फत् दिएको जानकारीअनुसार मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिले उनीमाथि रड प्रहार गरेका हुन्।

भण्डारीको टाउको र खुट्टामा रड प्रहार भएको थियो। उनो टाउकोमा गहिरो चोट लागेको छ। उनलाई बुधबार राति नै चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पताल पुर्‍याइएको थियो।

भण्डारीको टाउकोमा १० वटा टाँका लागेको रास्वपाले जनाएको छ। उनीमाथिको आक्रमणलाई निष्पक्ष अनुसन्धान गर्न रास्वपाको माग छ। बौद्ध प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।

Published Date: 04 September 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु