नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान : Icon Khabar

काठमाडौं, भदौ १९ । नेपाल प्रहरीको नव नियुक्त महानिरीक्षक आईजीपी चन्द्र कुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

दर्ज्यानी चिह्नग्रहणानपछि आईजीपी खापुङले गृहमन्त्रालयले सुिम्पएको जिम्मेवारी निष्ठा,पेसागत अनुशासन र पारदर्शिता भावकासाथ प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘नेपाल सरकार,गृहमन्त्रालयले मलाई सुिम्पएको यो जिम्मेवारी मेरो निष्ठा,पेसागत अनुशासन,पारदर्शिता भावकासाथ प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त चाहन्छु।’

उनले प्रहरी जस्तो प्रवित्र सेवालाई आफ्नो स्वइच्छाले रोजेर प्रारम्भ गरेको आफ्नो तीन दशक लामो संघर्षको स्मरण समेत गरे।

उनले आजै प्रहरी प्रधान कार्यालय नक्सालमा गएर कार्यभार सम्हाल्ने तयारी छ।सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको थियो। हालका प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि नै अनिवार्य अवकाशमा गएका छन्।

Published Date: 04 September 2025
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुरका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान हुँदै (फोटो फिचर)
कमलविनायकको सरस्वती विद्यागृहमा २३२९ मत खस्यो
महेन्द्रग्राम मावि सुडालमा मध्यान्ह १२ बजेसम्म ९४७ मत खस्यो
डिजिटल युगमा पनि मतदाता परिचय रूजू गराउनुपर्ने झन्झट, ख्वप कलेज मतदान केन्द्रमा मतदाताको गुनासो


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो