सुन चाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड, कति पुग्यो मूल्य ?

सुन चाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड, कति पुग्यो मूल्य ? : Icon Khabar

काठमाडौं, भदौ १६ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले निरन्तर रेकर्ड बनाउदै बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला तीन कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ उचाई बनाउँदै बढेको हो ।

चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी तोलामा ४५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । सोमबारको बजारमा चाँदी दुई हजार ४७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आईतबारको बजारमा दुई हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई कारोबार दिनदेखि चाँदीको मूल्य पनि रेकर्ड बनाउदै बढेको हाे ।

Published Date: 01 September 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै