अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग

अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग : Icon Khabar

चौतारा, भदौ ५ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग अझै खुल्न सकेको छैन।

बर्खा लागेयता पटकपटक पहिरो पन्छाएर राजमार्गमा यातायात सञ्चालन गरिँदै आइएको थियो। सो दिनको पानीले राजमार्गभन्दा माथि रहेको बस्ती नै जोखिममा पर्ने भएपछि हाल राजमार्ग पूर्णरूपमा बन्द भएको हो।

सडक नखुल्दा दसैँ र तिहार लक्षित सामग्री सङ्घीय राजधानी काठमाडौँ ल्याउन पाइएको छैन। सडक बन्द भएपछि करिब एक हजार ७०० कन्टेनर तातोपानी क्षेत्र चिनियाँ भूभागमा रोकिँदा व्यापारी समस्यामा परेका छन्। तातोपानी भन्सारका कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडालले बाटो खुलाउने प्रयास भइरहे पनि अवस्था निकै नाजुक भएकाले बाटो दसैँअघि खुल्छ भन्न सकिने अवस्था नरहेको जानकारी दिए ।

उनका अनुसार अहिले तातोपानी क्षेत्रमा मात्रै करिब एक हजार सामान लोड गरेका कन्टेनर छन्।

हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले तातोपानीमा एक हजारभन्दा बढी कन्टेनर रोकिएको बताए। उनी भन्छन् ”दसैँतिहारलाई आयात गरेका सामान दसैँपछि आएर कुनै फाइदा छैन। तातोपानी नाकाको जम्मा ३० मिटर पहिरो हो जसरी पनि हटाएर राजमार्ग खुलाउनुपर्छ।“

चीनबाट विशेषगरी विद्युतीय सवारीसाधन, इलेक्ट्रोनिक वस्तु र लत्ताकपडाजस्ता वस्तु आयात हुने गरेको छ। चीनबाट आउने वस्तु विशेषगरी दसैँ–तिहारलाई आवश्यक पर्ने वस्तु हुन्।

दसैँ–तिहारदेखि चिसोलाई आवश्यक पर्ने लत्ताकपडा खरिद गर्न अहिले धेरै व्यापारी चीन पुगेका छन्। तर, छिटो र सस्तोमा सामान आयात हुने उत्तरी नाका बाढीपहिरोका कारण एक महिनादेखि बन्द भएपछि व्यापारी चिन्तित बनेका छन्। – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 August 2025
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने