भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा

भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा : Icon Khabar

काठमाडौँ, भदौ ५ । नेपाली कांग्रेसले भारत र चीनबिच नेपालको भूमि लिपुलेक र कालापानीलाई समेटेर व्यापार गर्ने सम्झौता अस्वीकार्य रहेको बताएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री गगन थापाले दुई छिमेकीबिचको सहमति अस्वीकार्य रहेको बताए ।
उनले दुई देशबिच नेपालको भूमिलाई समेटेर व्यापार गर्ने सम्झौताविरुद्ध नेपालका सबै राजनीतिक दलहरू एक स्थानमा उभिनुपर्ने बताए ।

‘भारत र चीनबिचको सम्झौताबारे नेपालका दलहरू एक स्थानमा उभिनुपर्छ । यस विषयलाई घरेलु राजनीतिक विषय बनाउनुहुन्न,’ महामन्त्री थापाले भने, ‘यसबारे नेपालका सबै राजनीतिक दल एकढिक्का भएर नेपालको भूमिमाथि आँखा लगाउने विषय हामीलाई अस्वीकार गर्छौँ भन्न सक्नुपर्छ ।’

Published Date: 21 August 2025
ताजा
सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर
मनसुन सक्रिय: देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना
आज सोमबारको राशिफल
काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलमा पनि खानेपानी अभाव


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय