बुधबार सेयर बजार परिसूचक नेप्से ९.७० अंकले घट्यो

बुधबार सेयर बजार परिसूचक नेप्से ९.७० अंकले घट्यो : Icon Khabar

काठमाडौं, भदौ ४ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ९.७० अंकले घटेर २७६७.२० बिन्दुमा ओर्लिएको छ ।

अघिल्ला दुई कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको थियो ।

आज सेन्सेटिभ इण्डेक्स २.१० अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंकले घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ६३ करोडको सेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब २० करोडको सेयर खरिदबिक्री भएको छ।

आज विकास हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आजदेखि कारोबारमा आएको यो कम्पनीको सेयरमूल्य २९ रुपैयाँ २० पैसा बढेर ३२१ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।

त्यस्तै, चन्द्रागिरी हिल्सको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ । पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.०३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। १३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

Published Date: 20 August 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड