बुधबार सेयर बजार परिसूचक नेप्से ९.७० अंकले घट्यो

बुधबार सेयर बजार परिसूचक नेप्से ९.७० अंकले घट्यो : Icon Khabar

काठमाडौं, भदौ ४ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ९.७० अंकले घटेर २७६७.२० बिन्दुमा ओर्लिएको छ ।

अघिल्ला दुई कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको थियो ।

आज सेन्सेटिभ इण्डेक्स २.१० अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंकले घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ६३ करोडको सेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब २० करोडको सेयर खरिदबिक्री भएको छ।

आज विकास हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आजदेखि कारोबारमा आएको यो कम्पनीको सेयरमूल्य २९ रुपैयाँ २० पैसा बढेर ३२१ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।

त्यस्तै, चन्द्रागिरी हिल्सको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ । पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.०३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। १३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 August 2025


ताजा
भावुक क्षण: राजु लामा र प्रशान्त तामाङकी छोरीबीच आत्मीय भेट
काठमाडौँ रानीवारिको एक घरबाट ५६ लाख ५० हजार बराबरको सुनका गहना चोरी
पाकिस्तानले गर्यो अफगानिस्तान सँगको सीमानामा हवाई हमला
सरकारी सेवा प्रभावकारी नभएकाले नेपाली नागरिकहरू विदेश पलायन हुनुपर्यो


ट्रेन्डिङ
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी