कसपाल र थापाका तीन नयाँ गीत शुक्रबार सार्वजनिक

कसपाल र थापाका तीन नयाँ गीत शुक्रबार सार्वजनिक : Icon Khabar

काठमाडौं, साउन १७ । राग रागिनी इन्टरटेन्मेन्ट प्रा. लि.को ब्यानरमा तयार पारिएका तीन नयाँ गीत शुक्रबार काठमाडौंमा सार्वजनिक गरिएको छ।

तीजको रौनक, देशभक्ति भावना र नारी सशक्तिकरण झल्काउने गीतहरूको शव्द गायक तथा गीतकार कपिल कसपालले लेखेका हुन्। छमछम पाउजु खनखन चुरा गीतमा आवाज टुना थापा र कपिल कसपालको रहेको छ भने सङीत बिबि अनुरागीको रहेको छ।

गीतको भिडियोको निर्देशन गम्भीर बिष्टले गरेका छन् भने गीतमा कोरियोग्राफी पुनम श्रेष्ठको रहेको छ। गीतमा मोडलको रूपमा गायक कपिल र गयिका टुना थापाले नै नृत्यमा रमाइलो ठुम्का लगाएका छन्।

गीत राग रागिनी इन्टरटेन्मेन्ट युट्युब मा हेर्न सकिनेछ।

औपचारिक कार्यक्रमको सभापती राग रागिनी इन्टरटेन्मेन्टका कार्यकरी अध्यक्ष कपिल कसपालले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थ मन्त्री तथा गीतकार एस. पि . कोइराला थिए। कार्यक्रमका विशेष अतिथि वरिष्ठ सङीतकार तथा प्राध्यापक दिपक जङम थिए।

`नेपाल को छोरा´ तथा `नेपाल को छोरी ´ गीतलाई पनि सार्बजनिक गरिएको थियो। यी दुई गीत लाई भने केही दिनपछी युटुबमा सार्बजनिक गरिने जानकारी गराइएको थियो। नेपालको छोरा गीतमा शब्द तथा स्वर कपिल कसपालको रहेको छ भने सङीत बरिस्ठ सङीतकार भुपेन्द्र रायामाझी को रहेको छ।

नेपालको छोरी गीतमा आवाज टुना थापा,शब्द कपिल कसपाल तथा सङीत भुपेन्द्र रायामाझी को रहेको छ। भिडियोको निर्देशन निशान एस के ले गरेका हुन्। उक्त गीत राग रागिनी इन्टरटेन्मेन्ट युट्युबमा केही दिन पछी हेर्न सकिनेछ।

Published Date: 02 August 2025


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग